एडभान्स म्यानेजमेन्टद्वारा स्वयम्भुका भोका बाँदरलाई केरा र मकै वितरण

 

जेठ २१, काठमाडौँ । एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा लि ले स्वयम्भु क्षेत्रमा रहेका बाँदरहरुलाई केरा र मकैका घोवा वितरण गरेको छ । कन्सल्टेन्सले निषेधाज्ञाको समयमा भोकै रहेका करिब ५ सय बाँदरलाई २ हजार कोसा केरा र २ हजार मकैका घोवा वितरण गरेको हो ।


 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव पुर्खा रहेका बाँदरलाई केरा र मकै वितरण गरिएको कन्सल्टेन्सका संचालक दलवीर भण्डारीले बताए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न कार्यहरु गर्दै आइरहेको र सोहि कामको निरन्तरता भएको उनले बताए ।


 

एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि. वैदेशिक रोजगारीमा विदेश पठाउने टप म्यानपावर कम्पनी अन्तर्गत पर्दछ । यस कम्पनीले विशेषगरी कतार, साउदी, मलेसिया, युएई लगायत देशमा नेपाली श्रमिक पठाउने गर्दछ ।