एडभान्स म्यानेजमेण्ट ग्रुपका सञ्चालक भण्डारीद्वारा ढोरपाटन नगरपालिकालाई मास्क हस्तान्तरण 

एडभान्स म्यानेजमेण्ट ग्रुपका सञ्चालक भण्डारीद्वारा ढोरपाटन नगरपालिकालाई मास्क हस्तान्तरण 
 

काठमाडौं : कोरोना भाइरसको महामारीबाट बच्न व्यक्तिगत स्वास्थ्य सुरक्षा महत्वपूर्ण हुँदै गएको छ । तर नेपालीहरुले सिमित आय श्रोत त्यों पनि अभावका कारण स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न नसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुले स्थानीय निकायलाई सहयोग गर्नु जरूरी देखिएको छ । 

यहि तथ्यलाई मनन् गर्दै  वैदेशिक रोजगार व्यवसायी दलबीर भण्डारीले आफ्नो गृहनगर ढोरपाटन नगरपालिकालाई मास्क सहयोग गरेका छन् । राजधानीको सामाखुसी टाउनप्लानिङस्थित एडभान्स म्यानेजमेण्ट ग्रुपका सञ्चालक भण्डारीले शुक्रबार नगरपालिकाका मेयर देवकुमार नेपालीलाई १ हजार थान मास्क हस्तान्तरण गरेका हुन् । मेयर नेपालीको कार्यकक्षमा मास्क हस्तान्तरण गर्दा उपमेयर कर्मती पुनको पनि उपस्थिति थियो । 

 

उक्त मास्क नगरपालिकामार्फत गरिब तथा विपन्नवर्गका जनतालाई वितरण हुने आफुले अपेक्षा गरेको युवा व्यवसायी भण्डारीले बताए । सो अवसरमा ढोरपाटन नगरलाई स्वच्छ र स्वस्थ राख्ने अभियानमा मास्क उपलब्ध गराएर सहयोग गरेकोमा मेयर नेपालीले व्यवसायी भण्डारीप्रति आभार प्रकट गरे ।