काठमाडौं(जस)–सरकारले वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्न हुनेगरी स्थानीय तह निर्वाचन घोषणा गरेपछि अहिले देश चुनावमय बनेको छ । लामो समय कोरोना कहरका कारण अस्तव्यस्त दैनिकी व्योहोरिरहेका नेपाली जनताबीच चुनावी रौनकताले राजनैतिकसँगै आर्थिक गतिविधी चलायमान बनाएको छ । देशमा चुनाव तथा राजनैतिक आन्दोलनले सत्ता परिवर्तन भएता पनि जनताको जीवनस्तरलाई भने खासै परिवर्तन ल्याएको छैन । त्यही भएर दैनिकरुपमा हजारौ युवाहरु वैदेशिक रोजगारका लागि देश छोडिरहेका छन् ।
स्थानिय निकायको निर्वाचनका लागि आफ्नो गाउँमा चुवानी माहोल तातिरहँदा वैदेशिक रोजगारमाा जानेहरुलाई भने रोक्न सकेको छैन । स्थानीय चुनावले वैदेशिक रोजगारीलाई प्रत्यक्ष असर नपार्ने वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलको भनाई छ । लामो समयको कोभिडको महामारी पछि अहिले बैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । यो वर्ष मात्रै ५ लाख बढी श्रम स्वीकृती जारी भएकाले वैदेशिक रोजगारको क्षेत्र लयमा फर्किएकोे विभागका महानिर्देशक पौडेल बताउँछन् ।
स्वदेशमा रोजगारका अवसरहरु नपाएपछि वैदेशिक रोजगारनै नेपालीहरुका लागि विकल्प बनिरहेको छ । त्यही वैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको अवस्था छ । तर, वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित र मर्यादित बन्न सकेको छैन । वैैदेशिक रोजगारको क्षेत्र सुधार्नका लागि सरोकारवालाहरुबीच बृहत छलफल र परामर्श गरेर नीति नियम बनाउनु पर्छ । पछिल्लो समय वैदेशिक रोजगार विभागले आफ्नो सेवालाई क्यासलेस र पेपरलेस बनाइरहेको छ । विभागले आफ्नो सेवालाई अनलाईन प्रणालीमा लगेर त्यहाँ लाग्ने सेवाग्राहीको भीडलाई प्राय सुन्यमा झारेको छ ।
नेपालीहरुका लागि वैदेशिक रोजगारका गन्तब्य खाडी र मलेसिया मात्र बनिरहेका छन् । कतिपय आकर्षक मुलुकहरुबाट कामदारको माग हुँदा पनि माग प्रमाणिकरण गराउन तथा सरकारी निकायको कमीले आकर्षक रोजगारीका अवसर गुमिरहेका छन् । वैदेशिक रोजगारमा जाँदा निशुल्क भिसा र टिकटको व्यवस्या सरकारले लागु गरेता पनि व्यवहारिकरुपमा कार्यान्वयन हुन सकेको छैन । विदेश जाने कामदारहरु ठगिमा परिरहेका छन् । मेनपावर कम्पनीले सेवाशुल्क बढाउनु पर्ने माग राखिरहेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक पौडेल पनि अहिलेको नीतिनियमलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता रहेको बताउँछन् ।
बैदेशिक रोजगारी नेपालीहरुका लागि सधैको विकल्प होइन । अब वैदेशिक रोजगारबाट फर्किएकाहरुका लागि पुन एकीकरण गर्न जरुरी छ । अब आफ्नै देशमा स्वरोजगारको सिर्जना गर्नुपर्छ । बैदेशिक रोजगार विभागले छिटो छरितो , ठगि नियन्त्रणका लागि काम गरिरहेको छ । वैदेशिक रोजगारीमा जाँदा कुनै न कुनै सीप सिकेर कानूनीरुपमा सबै प्रकृया पुरा गरेर मात्र जान वैदेशिक रोजगार विभागको अनुरोध छ । देशमा धेरै परिवर्तन आए तर रोजगारको खोजी गर्दै विदेश जानु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । देशमा भइरहेका निर्वाचन र अव आउने जनप्रतिनिधिहरुले आफ्नै देशमा रोजगार गर्ने वा पाउने बातावरण बनाउन सके कोही पनि वैदेशिक रोजगारमा जानु पर्ने थिएन ।
#advancedmanagementconsultants #ethicalrecruitment